Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

संसद पुनःस्थापना भएपछि जनार्दन शर्माले भनेः ‘प्रतिगमन परास्त भो !’

संसद पुनःस्थापना भएपछि जनार्दन शर्माले भनेः प्रतिगमन परास्त भो !’

२८ असार, काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘प्रतिगमन परास्त भो ।’

संसद विघटन विरुद्ध सर्वोच्चमा परेको रिटमा फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE