Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली

२९ भदौ, बिराटनगर –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गर्नुभएकोछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा वलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गर्नुभयो । मंगलबार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताउनुभयो । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उहाँले भन्नुभयो, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

नेता नेपालमाथि खनिनिनुभएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताउनुभयो । १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उहाँले भन्नुभयो, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’ तर उहाँले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जित्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ । उहाँले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गर्नुभयो । उहाँले नेपालले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोधी माधव नेपाल ।’

ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गर्नुभयो । तान्त्रिक जस्तो मायावी उनले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको उहाँको आरोप छ । ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’ माधव नेपालसँग जादु टुना, न मन्त्र दुबै नभएको बताउनुभयो । कसैले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका उहाँको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE