तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ, लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर
सवाल सम्वाददाता
काठमाडौँ-दुःख लाग्यो सरकार ! बिदेश जादा बोकेको २ बट्टा अचार र फर्कदा ल्याएको १ बोटल रक्सी समातेर लिलामी गर्दा ती ५० लाख बिदेशीएका युवायुवतीले पठाएको रेमिटेन्सले तिम्रो सरकार र देशको अर्थतन्त्र चलेको चाहिँ बिर्सियौ ? तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ । लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर, समात्नेनै हो भने बाइडवडिमा ४ अर्वको भ्रष्टाचार गर्नेलाई, लडाकु शिबिरमा ६ अर्व खानेलाई, आयल निगममा १८ करोड खानेलाई, एनसेलमा ६३ अर्व अनि बुढिगण्डकी को ९ अर्व खानेलाई समात ।
हिम्मत छ ? हैन भने गरिब जनताले बिदेशमा रगत, पसिना गरेर कमाएर घर फर्कदा एअरपोर्टबाट रुदै निस्कुनु पर्ने किन त ???? बिदेश जादा मेनपावरले लुटने, मेडिकलले लुटने, दलालले लुटने, इन्स्योरेन्सले लुटने, अनि श्रमले लुटने । हेल्लो सरकार ? गरिबलाई सधै लुटिरहने, चुसिरहने ??? आवाज ५० लाखको
उपेश कुमार श्रेष्ठ
धादिङ
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE