मोरङबाट १७ केजी गाँजासहित एकजना महिला पक्राउ
१० आश्विन, मोरङ – मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका(१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेका छन् ।
घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE