नेप्से बुधबार ३९ अंकले घट्यो
१९ फागुन
काठमाडौ – बुधबार सेयर बजारको परिसूचक नेप्से ३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २४१६ अंकमा कायम भएको हो । ६ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार र होटल तथा पर्यटन समूह बढे भने अरु सबै समूह घटेका छन् । ब्यापार ३०६ र होटल तथा पर्यटन समूह ३५ अंकले बढेका छन्।
बैंकिङ १७, विकास बैंक ३२, जलविद्युत २०, फाइनान्स १२, निर्जीवन बीमा १६७, उत्पादन ८७, अन्य ८४, माइक्रोफाइनान्स ५६, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेका छन् । एसियन लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६।३ प्रतिशतले घट्यो । त्यस्तै बरुण हाइड्रोको ६ र टेलिकमको मूल्य ५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो । सो कम्पनीको २९ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो । एसियन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE