आज विहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, पहाडीभेगमा छिटफुट वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौँ-आज काठमाडौँको तपक्रम घटेको छ । हिजोको तुलनामा आज विहान न्युनतम तापक्रम २ डिग्री सेलसियसले घटेको हो ।
मौसम पुर्वानुमान महाशाखाले आज विहान ८ बजेर ४५ मिनेटमा रेकर्ड गरेको काठमाडौँको न्युनतम तापक्रम ३ डिग्री सेलसियस रहेको छ । हिजो काठमाडौँको न्युनतम तापक्रम ५ डिग्री सेरसियस मापन गरिएको थियो । आज सबैभन्दा कम न्युनतम तापक्रम जुम्लामा माइनस ४ डिग्री सेलसियस र सबै भन्दा बढी न्युनतम तापक्रम विराटनगरमा ८ दशमलब ६ डिग्री सेलसियस मापन गरिएको छ । आज दिउसो देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भागमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र पश्चिम पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । आज राति देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE