प्रहरीले १ लाख २२ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ
२ साउन, काठमाडौँ – प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासको गड्डी नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE