अब जीवनदायी एइडी सहित उड्नेभयो हिमालय एअरलाईन्सका जहाजहरु
३० भदौ, काठमाडौँ – हिमालय एयरलाइन्सले आफ्ना सबै जहाजमा बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखेको छ। उक्त जीवनदायी मेसिन राखिएपछि हिमालयका जहाजहरुमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने निश्चित गरेको छ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर जीवनदायी मेसिनले मानिसको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुरु गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ।
यससँगै हिमालय एयरलाईन्स जहाजहरु मध्ये अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको नेपालकै पहिलो र एक मात्र एयरलाइन्स भएको कम्पनीले बताएको छ। केही सातादेखि हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीहरुलाई जीवनदायी मेसिनको प्रयोगबारे तालिम दिएर दक्ष र निपूर्ण पारिएको कम्पनीले जानकारी दिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE