सुनको मूल्य तोलामा पाँच सयले घट्यो
१३ फागुन
काठमाडौँ – साताको अन्तिम दिन आज सुको मूल्य तोलामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ थियो ।
बिहीबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ थियो ।
साप्ताहिक कारोबारको पहिलो दिन ९फागुन ९ गते, आइतबार० बढेको सुनको मूल्य त्यसपछि सोमबार यथावत रह्यो भने मंगलबार बढेको थियो । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९० हजार १ सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
मंगलबार ९० हजारको आंकडा पार गरेको सु्नको मूल्य बुधबार भने पुनः ओरालो लाग्यो । बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE