रोग र भोकको चिन्ता नगरी रथ तान्न गएकालाई गिरफ्तार गर्नु निन्दनीय छ : विश्व हिन्दु युवा संघ
२२ भाद्र
काठमाडौं – विश्व हिन्दु युवा संघले रोग र भोगको चिन्ता नगरी रातो मछिन्द्र नाथको रथ तान्न पुल्चोक पुगेका युवाहरूलाई प्रहरीले गरेको गिरफ्तारी भएको भन्दै त्यसको निन्दा गरेको छ।
संघका अध्यक्ष ऋषिकेश जंग शाहले आज एक बिज्ञप्ति जारी गर्दै उक्त कार्यको निन्दा गर्दै गिरफ्तार गरेका सबैलाई बिना सर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको छ। अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ूसरकारले गरेको निषेधाज्ञाको बेलामा पनि आफ्नो ज्यानको कुनै प्रवाह नगरी हाम्रो धार्मिक सांस्कृतिकलाई बचाउन पुल्चोकमा सयौंको संख्यामा उत्रिएका सम्पुर्ण प्रती उच्च सम्मान गर्दछौं।ू
बिज्ञप्ति मार्फत अध्यक्ष शाहले सांस्कृतिक नेपालको सभ्यता र खजाना भएको भन्दै यसको रक्षाका लागि जागरुक बन्न सबै सनातन धर्मावलम्विहरुलाई अपिल समेत गरेका छन्।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE