Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संवैधानिक संकट : कांग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

६ पुष
काठमाडौं –
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थिति एवं संवैधानिक संकटबारे छलफल गर्न कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको जनाइएको छ । बैठकमा सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकमा मूलतः सत्तारूढ दल नेकपा तथा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दल जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूलाई बोलाइएको छ । हिजो पनि नेकपा, कांग्रेस र जसपाको संयुक्त बैठक बसेर संसद विघटनको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नया निर्वाचनको घोषणा गर्नुभएको छ । सो घटनाक्रमपछि नेपालमा संवैधानिक संकट र राजनीतिक अस्थिरता गहिरिँदै जाने विश्लेषणहरू भइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE