Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

इटाली युरो कपको अन्तिम १६ मा

३ असार, काठमाडौँ – युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३-० ले नै हराएको थियो । स्वीटजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो ।

यो जितसँगै इटाली युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । अब इटालीले वेल्ससँग खेल्न बाँकी छ । ​

WRITE COMMENTS FOR THIS ARTICLE