यस वर्ष त्रिविले शिक्षक कर्मचारीलाई हिउँदे-बर्षे बिदा नदिने
१३ जेठ, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यस वर्ष शिक्षक कर्मचारी र विद्यार्थीका लागि हिउँदे(बर्षे बिदा नदिने निणर्य गरेको छ।
विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालले एक सूचना जारी गर्दै वर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी हिउँदे–बर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुका लागि यस वर्षको बर्षे बिदाको व्यवस्था नगर्ने निणर्य गरेको हो।
यस्तै सूचनामा त्रिविका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा वैकल्पिक विधिमार्फत् सुचारु भइरहेका सैद्धान्तिक कक्षाहरू र प्रयोगात्मक कक्षाहरुलाई निरन्तरता दिँदै सञ्चालन हुन बाँकी रहेका सबै कक्षाहरु सुचारु गर्ने, रोकिएका परीक्षाहरु पनि उपयुक्त समयमा लिने सम्बन्धमा आवश्यक गृहकार्य गरी व्यवस्था मिलाउने, असहज परिस्थितिको अन्त्य नहुञ्जेलसम्म शिक्षकहरुले आफ्नो क्याम्पस र कार्यालयमा भौतिक उपस्थिति जनाइरहनु नपर्ने, यस अवस्थामा सबै शिक्षकहरुलाई सम्बन्धित निकाय प्रमुखले कोभिड काज जनाउने, तर, सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरु आ(आफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने विश्वविद्यालयको कार्यकारी परिषद्ले निणर्य गरेको उल्लेख छ।
यस्तै विश्वविद्यालयले अहिलेको संवेदनशील एवम् विषम परिस्थितिसँग जुध्न स्वास्थ्यका सबै मापदण्ड अपनाई सुरक्षित रही शैक्षिक गतिविधि अवरुद्ध हुन नदिन प्रयत्नशील हुन सबै सरोकारवाला निकायलाई सूचित गरेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE