Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

६ फागुन, काठमाडौँ – काठमाडौँको ढुंगेअड्डामा भेटिएका दुईवटा शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज पारेको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो ।

शुक्रबार बिहान कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली पाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE