Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

चन्द्रागिरी हिल्स बचाउ भन्दै मनाए विश्व बातावरण दिवस

  • सवाल सम्वाददाता

बाग्मती – विश्व वातावरण दिवसको अवसरमा अस्कल क्याम्पस प्राणीशास्त्रका विद्यार्थीले विशेष कार्यक्रम गरी मनाएका छन् । विद्यार्थीले  चन्द्रागिरी हिल्स बचाउ भन्दै अस्कल क्याम्पसका प्राणी शास्त्र बिभागका  बिद्यार्थी तथा शिक्षकहरूले दिवस मनाएका हुन् ।

विश्व बातावरण दिवसका अवसरमा क्याम्पसका शिक्षक डा. रक्षा थापाले वातावरण जोगाउनका लागि सबैजना लाग्नु पर्ने अावश्यक रहेकाे बताउनु भएको छ । त्यस्तै सोही क्याम्पसका शिक्षक तथा वातावरण अभियान्ता विश्वनाथ रिजालले वातावरणको विकासको क्रममा धेरै पर्यवरणाीयहरूकाे बिनास भएकाे भन्दै अबका दिनमा विनाश नभएर  संरक्षण तर्फ ध्यान दिनु पर्ने बताउनुभएको छ ।

वातावरणीय विकासलाई दिगो बिकासको लागि सोच्नु पर्ने बेला आएको भन्दै उहाँले त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको औल्याउनु भएको हो । कार्यक्रममा सहभागीहरुले वातावरण जोगाउने बिभिन्न नारा एवम् प्लेकार्ड बोकी महानगरको बिभिन्न ठाउँ परीक्रमा समेत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE