प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ : सुवास नेम्वाङ
८ फागुन
विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् ।
शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’
नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE