Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेकपाका सांसदहरुले पनि दसैँ भत्ता नलिने

३ कात्तिक 
काठमाडौँ – सत्तारुढ नेकपाका सांसदले पनि दसैँ भत्ता फिर्ता गर्ने भएका छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।
 
महामारीको समयमा सांसदहरुले भत्ता लिएको भन्दै रिोध भउपछि सांसदहरुले व्यक्तिगत रुपमा भत्ता फिर्ता गर्न लागेपछि नेकपाले संस्थागत रुपमा नै भत्ता नलिने निर्णय गरेको हो ।
 
संसदीय दलका एक नेताका अनुसार भत्ता राज्य कोषमै फिर्ता गर्ने कि कोरोना कोषमा हन्तातरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसा प्रधानमन्त्री केपी शर्मा ओलीले भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय नै उचित हुने बताउनुभएको छ ।
 

सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमै भत्ता नलिने घोषणा गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE