Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजेटिभ

२६ कात्तिक
काठमाडौं
– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माका अनुसार उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले जानकारी दिए ।

केसी करिब एक महिनादेखि भैरहवामा हुनुहुन्थ्यो । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उहाँको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौं आउनुभएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अध्यक्ष केसीले आफ्नो अवस्था अहिले सुधार हुँदै गएको जानकारी दिनुएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE