Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

हत्यामा संलग्न रहेको आरोपमा एक पक्राउ

हत्यामा संलग्न रहेको आरोपमा एक पक्राउ

८ असार, काठमाडौं– प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा बाराका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा फेटा गाउँपालिका–३ फुलवरिया टोल बस्ने ३५ वर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका–२ बरैनिया टोल बस्ने ७२ वर्षीय दास बाबा भन्ने वीर बहादुर यादव रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि बिश्रामपुर गाउँपालिका–२ भरवलिया टोल बस्ने २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठालाई कुटपिट गरी हत्या गरेको अभियोग रहेको प्रहरीले बताएको छ ।

कुटपिट गरी हत्या गरेको अवस्थामा बाटो छेउमा बैठाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनापछि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहित तत्काल जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको हो ।

मृतक वीरेन्द्रले असार ३ गते विश्रामपुर गाउँपालिका–२ बरैनिया बजारस्थित हुनमान मन्दिमा गाँजा तथा पैसा चोरी गर्दा मन्दिरका पुजारी वीरबहादुले टाउकोमा साधुले प्रयोग गर्ने फलामको चिम्टाले प्रहार गर्दा घाइते भई लडेपछि विरेन्द्रलाई सोही मन्दिरमा सुत्ने गरेका पारस समेतले बाँसको भाटाले प्रहार गरी उनको हत्या पश्चात अपराधबाट बच्ने उदेश्यले शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE