टिकटकमा अमर्यादित भिडियो राख्नेलाई कारबाही गर्दै प्रहरी
१७ मंसिर
काठमाडौं – टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयमा भिडियो बनाउनेलाई कारबाही अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले त्यस्ता संवेदनशिल विषयमा ख्यालै नगरी भिडियोहरु बनाएको भन्दै कारबाही गरेको हो ।
यस्ता भिडियो बनाउने र प्रसारण भएको पाइएपछि ब्यूरोले अध्ययन प्रक्रिया अघि बढाएको थियो । त्यसका आधारमा कतिपयलाई कारबाही समेत भइसकेको उल्लेख गरिएको छ ।
ब्यूरोका अनुसार टिकटकका अतिरिक्त फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्वीर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानूनहरु विपरीत भएको जनाएको छ ।
त्यसैले प्रहिरीले त्यस्ता घटना भएको खण्डमा जानकारी गराउन समेत आग्रह गरेको छ । ब्युरोका अनुसार अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा घटनाको जानकारी एवं सूचना सम्बन्धित निकायसम्म पुर्याउने क्रममा असल नियत हुँदाहुँदै पनि सही निकाय र माध्यमको छनौट नहुँदा पीडित अझ पिडित हुने अवस्था बढेको छ ।
त्यसैले त्यस्ता कार्य भए गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको टेलिफोन न. ०१–४२१९०४४, ४२१९०४८, मोबाइल नं। ९८८१२८६७७० वा ईमेल ठेगाना cyberbureau@nepalpolice.gov.np मा सूचना दिन आग्रह गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE