काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण

२० भाद्र
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४५ जना संक्रमित देखिएका छन् ।
योसंगै शनिबारसम्म काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८ हजार २ सय २ पुगेको छ । यसमध्ये काठमाडौमा ६ हजार ३ सय ३६ , ललितपुरमा ८ सय ७६ जना र भक्तपुरमा ६ सय ८० जना छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE