भिटेनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयद्वारा साइबर ब्युरोलाई पत्र
१३ कात्तिक
काठमाडौं – र्यापर समिर घिसिङ (भिटेन)लाई पक्राउ गर्न साइबर ब्यूरो लागि परेको छ । पाँच दिन अघि युट्युबमा अपलोड भएको भिटेनको पारा टाइटलको नयाँ गीतमा अपशब्द प्रयोग भएको भन्दै उनलाई पक्राउ गर्न साइबर ब्युरोले आदेश पाएको छ ।
प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि उनीहरु सबैको खोजी भइरहेको छ ।
नयाँ गीत पारामा सुरुदेखि अन्त्यसम्म प्रहरीसहित महिलासम्मलाई गाली गाली गलौज र अश्लिल शब्द प्रयोग गरिएको जनगुनासो आएको प्रहरीको भनाइ छ ।
यसअघि पनि प्रहरीले उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको म्युजिक भिडियोका कारण भिटेन विवादित बनेका थिए । त्यसपछि उनलाइ पक्राउ गरि अनुसन्धान गरेर छाडेको थियो । सो क्रममा उनले आगामी यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE