‘च्यालेन्ज फर चेन्ज’ले राष्ट्रिय कविता प्रतियोगिता गर्दै
२६ वैशाख, काठमाडौँ – च्यालेन्ज फर चेन्जले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ ।
कोरोनाका कारण विद्यार्थीहरु घर भित्र मात्र सीमित भइरहेको बेला विद्यार्थीहरुको सक्रियता बढाउनका लागि च्यालेन्ज फर चेन्जले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्रिमुर्ति एकेडेमी र ग्लोबल पीस फाउण्डेसनको संयोजकत्वमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुनेले ३ हजार, द्धितियले २ हजार र तृतिय हुनेले १ हजार हात पार्ने छ । भर्चुवल माध्यम जुमबाट हुने प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले सहभागिता लिन पाउने छन् । प्रतियोगिता वैशाख ११ गते मंगलबार हुनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE