एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै लगत्तै मन्त्रिपरिषद् बैठक
६ जेठ, काठमाडौं– नेकपा एमालेले आज २ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बालुवाटारमा बोलाइएको बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा बहस हुने बताइएको छ । यसका साथै बैठकमा राष्ट्रिय सभा उपनिर्वाचन र आगामी बजेटबारेमा पनि छलफल हुने जनाइएको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ–आफ्ना पक्षका उम्मेदवार उठाएका छन् । ओली पक्षबाट रामबहादुर थापा ‘बादल’ उम्मेदवार रहेका छन् । नेपाल पक्षबाट खिमलाल देवकोटा उम्मेदवार रहेका छन् । नेपाल पक्षका देवकोटालाई कांग्रेस र माओवादीको पनि समर्थन छ । बादलको जित हारले एमाले एकतालाई निर्धारण गर्ने प्रधानमन्त्री ओली पक्षीय नेताहरुको दाबी छ ।
यसैगरी बैठकले एमाले विवाद समाधानका लागि बनेको कार्यदलको कार्य प्रगतिका विषयमा पनि समिक्षा गर्नेछ । तीन दिन समय पाएको उक्त कार्यदलको बैठक हालसम्म एकपटकमात्र बसेको छ ।
प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटी बैठकलगत्तै मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE