Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

आईसीसी टी–२० महिला विश्वकप छनोट : नेपाल थाइल्याण्ड खेल्दै

 काठमाडौं – आईसीसी टी–२०  महिला विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डसँग खेल्दैछ ।  बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा पौने ९ बजे हुने खेलमा विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका यो खेल  दुवै टोलीका महत्त्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो भने थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो ।

वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा ३३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले इनिङको अन्तिम बलअगाडि पूरा गरेको हो ।  नेपालले अर्को खेल शुक्रबार यूएईसँग खेल्ने छ। दुई खेल खेलेको यूएईको चार अंक रहेको छ भने एक खेल खेलेको नेपाल दुई अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ। एक खेल खेलेको थाइल्याण्ड अंक तालिकामा चौथो स्थानमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE