Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

एटीएम मेसिन तोडफोड गर्दैगर्दा पक्राऊ

१४ असार, काठमाडौं– एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सुनसरी दुहबि नगरपालिका–९ घर भएका २४ वर्षीय मोईम्तियाजलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले आईतबार राति पक्राउ गरेको हो ।

प्रहरीले बैंकको एटिएम तोडफोड भईरहेको भन्ने सूचना पाउनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

उनका साथबाट प्रहरीले १ थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल पनि जफत गरेको छ ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले जनाएको छ ।

फरार अभियुक्तको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE