Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

थप २,८२८ जना कोरोना संक्रमण, ५२ जना मृत्यु

२ असार, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८  सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

२४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE