Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेप्से परिसूचकमा जारी पहिरो रोकिएन

५ असार, काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तैदेखि ओरालो लागेको नेप्से परिसूचक थामिने कुनै लक्षण देखाएको छैन । बजारले ‘बियरिस ट्रेण्ड’ समातिरहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १२.६, व्यापार ३०.८२, होटल तथा पर्यटन ४७.५, विकास बैंक १२४.१२, जलविद्युत् ८७.४७, वित्त ५१.७३, निर्जीवन बीमा १५४.८३, उत्पादन ३२.१८, अन्य ५३.६९, लघुवित्त ६५.०२, जीवन बीमा १२२.६८, सामूहिक लगानी कोष ०.४५ र लगानी १.४३ अङ्कले ओरालो लागेका छन् । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ५७ अर्ब ५६ करोड १३ लाख ५२ हजार ३४३ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु १० करोड २९ लाख ८९ हजार ७६१ बराबरको कारोबार भयो । यस्तै एनसिसी बैंक रु पाँच करोड ६४ लाख ६३ हजार ८८५, सेञ्चुरी बैंक रु चार करोड ८२ लाख २८ हजार, नवील बैंक रु चार करोड सात लाख ३९ हजार ३८२ र एनआइसी एशिया बैंक रु चीन करोड २४ लाख १४ हजार ३९० बराबरको कारोबार भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE