Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बेल्जियम समूह विजेता

८ असार, काठमाडौँ – बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलमा शत प्रतिशत जित निकालेको छ । बेल्जियमले समूह विजेता बन्दै शत प्रतिशत जित निकालेको हो ।

सोमबार राति भएको खेलमा फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको अन्तिम खेलमा बेल्जियम सहज जित निकाल्न सफल भयो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा बेल्जियमले अग्रता बनायो । बेल्जियमले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । फिनल्यान्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे ।

६५ औं मिनेटमा लुकाकुले गोल गरे पनि भीएआरले मान्यता दिएन । ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए ।

जितसँगै समूह ‘बी’मा बेल्जियम शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेको छ । बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो । समूहको तेस्रो स्थानमा रहेको फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE