Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

असार १७ गतेदेखि आन्तरिक उडान खुला

९ असार, काठमाडौं – आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए ।

तर, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE