Date
शनि, असार ५, २०७८
Sat, June 19, 2021

सरकारले कोरोना परीक्षण शुल्क फेरि घटायो

२७ असोज
काठमाडौँ –
सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताउनुभयो । उहाँले परीक्षणको यो रकम समयानुकुल समायोजन हुँदै जाने पनि बताउनुभयो । सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर दुई हजारमा झारिएको थियो ।
यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो । यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE