विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ कैदीको सजाय मिनाहा
२ आश्विन काठमाडौँ – संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ जनाको सजाय मिनाह भएको छ। गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच सय ३१ जनाको सजाय मिनाहा गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पुर्णबहादुर भन्ने किशोर भण्डारीसहित आठ जनाको कैद सजाय माफ गरेको हो। त्यस्तै हर्कबहादुर राई समेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको कार्यालयले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE