सञ्चार क्षेत्रको बजेटमा समावेश भएका विषयहरु सकरात्मकः पत्रकार महासंघ
सञ्चार क्षेत्रको बजेटमा समावेश भएका विषयहरु सकरात्मकः पत्रकार महासंघ
१६ जेठ, काठमाडौं– नेपाल पत्रकार महासंघले आर्थिक वर्ष २०७८÷७९ लाई सकारात्मक रुपमा लिएको जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै बजेटमा सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय भएको जनाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलसँग वैशाख ७ गते छलफल गरेर महासंघले अर्थ र सञ्चार मन्त्रालयलाई लिखित सुझाव दिएको थियो । सरकारी सुविधा र विज्ञापनमा अनलाइन सञ्चार माध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गर्न र साना लगानीका तथा स्वरोजगारमूलक मिडियालाई प्रोत्साहन गर्नेगरी सम्बोधन गर्न जरुरी रहेको महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए ।
महासंघका अनुसार बजेटमा सम्बोधन भएका सञ्चार क्षेत्रका विषय यसप्रकार रहेका छन् ः
– श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने ।
– नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था ।
– आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने ।
– महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन ।
– प्रेस संग्रहालय स्थापना गरिने ।
– कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा ।
– पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता ।
– सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गरिने ।
– सञ्चार गृहको आर्थिक वर्ष ७८र७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE