Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

सुनको मूल्य घट्यो, हेर्नुहोस बुधबारको कति मा हुदै छ कारोबार

सावल सम्वाददाता 
बाग्मती- साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य एक सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुन तोलाको ५९ हजार ५०० मा कारोबार भएको थियो । बुधबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घटेर तोलाको  ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलको ५९ हजार १ सय रुपयैयाँमा कारोबार भइरहेको छ ।  चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी तोलामा ७ सय ५ रपैयाँमा कारोबार भईरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE