Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

७ सन्तान जन्माएका कारण तिर्नुपर्यो १ करोड

१४फागुन
काठमाडौं –
चीनमा एक दम्पतीले दुई सन्तान नीति उल्लंघन गर्दै ७ सन्तान जन्माए तर यसका लागि उनीहरुले धेरै जरिवाना तिर्नुपरेको थियो । ग्लोबल टाइम्सका अनुसार यो जोडीले ७ सन्तान जन्माएका कारण १ लाख ९ हजार ७ सय ८७ डलर ९१ करोड २७ लाख रुपैयाँ बढी जरिवाना बुझाउनु परेको छ ।

जाङको स्किनकेयर, गहना र गार्मेन्टको व्यवसाय कम्पनी दक्षिण पूर्वी चीनमा रहेको छ । उनले द पोस्टसँगको कुराकानीमा आफू एक्लै हुँदा असाध्यै तनावमा हुने भएकाले कहिल्यै एक्लै बस्न नचाहेका कारण यति धेरै सन्तान जन्माएको बताइन् । उनले भनिन्, ‘जब मेरा श्रीमान् कामको सिलसिलामा कतै बाहिर जाँदा मलाई असाध्यै तनाव हुन्थ्यो । मेरा हुर्किसकेका बच्चाहरु पनि पढाईका लागि अर्को शहरमा गइसकेका छन् । त्यसैले मेरा स–साना बच्चाहरु मात्रै मसँग बस्छन् । यद्यपि, हामी सातजना भन्दा बढी सन्तान जन्माउने योजनामा छैनौं ।’

उनले थपिन्, ‘हामीले यी सन्तानको योजना गर्नु अघि बच्चालाई आर्थिक सुरक्षा दिने उद्देश्यले हामीले हाम्रो आर्थिक अवस्थाको सुनिश्चितता गर्यौं ।’

चीनले सन् १९७९ मा वान चाइल्डस् पोलिसी (एक सन्तान नीति) सुरु गरेका थियो । सन् २०१५ अर्थात् ३६ वर्षपछि एक सन्तान नीतिलाई खारेज गरेर दुई सन्तान नीति लागू गर्यो ।

ग्लोबल टाइम्सका अनुसार अघिल्लो वर्ष पनि चीनमा एउटा जोडीको बैंक अकाउन्ट फ्रिज गरिएको थियो किनभने उनीहरुले पनि दुई सन्तान नीति उल्लंघन गरेका थिए । अदालतले यो जोडीलाई तेस्रो सन्तान भएपछि ४५ हजार डलर जरिवाना तिर्न आदेश दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE