श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
१७ बैशाख, काठमाडौँ – श्रीमतीको हत्या गरेको आरोपमा नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिकाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतापपुर-४ स्थित ठुलो खैरटवा घर भएका ३५ वर्षीय उमेश हरिजन छन् । घरायसी विवादमा उमेशले ३० वर्षीया पत्नी सलन्ती हरिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको एक प्रहरीले जानकारी दिएको हो ।
पतिले कुटेर गम्भीर घाइते भएकी सलन्तीको उपचारको क्रममा शहीद स्मृति सामुदायिक अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE