नेता भट्टराई नेपाल समूहमा फर्किए, ओलीविरुद निर्णायक संघर्ष गर्ने
१२ जेठ काठमाडौँ – आज नेकपा एमालेका सचिव योगेश भट्टराई र गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूसँग मिलेर वक्तव्य निकालेका छन्।
केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन्।
तर विष्टले राष्ट्रपतिलाई राष्ट्रपतिलाई बुझाएको १४९ जनाको सूचीमा हस्ताक्षर भने गरेका थिए। खनाल(नेपाल समूहका २६ जनाले गरेको हस्ताक्षरमा भने भट्टराईले हस्ताक्षर नगरेपछि माधव नेपाल समूहलाई छोडेक अनुमान गरिएको थियो।
आज भट्टराई र विष्ट दुबैले नेपाल समूहका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर वक्तव्य निकालेका हुन्।
नेकपा ९एमाले० बाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE