नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन
नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन
१० जेठ, काठमाडौं– नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन भएको छ ।
उहाँको ७५ वर्षको उमेरमा काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
साहित्यकार डा.गिरीको ह्ृदयघातका कारण आइतबार राति १० बजे निधन भएको हो । उहाँ लामो समयदेखि अल्जाईमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । साहित्यकार डा. गिरीको ‘निर्बन्ध’, ‘कारागार’, ‘एउटा जिउँदो जंगबहादुर’ लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।
उहाँका एक छोरा, एक छोरी र श्रीमान रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE