Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सार्क देशहरूमा बढ्दै कोरोना, जटिल हुने चिन्ता !

१४ चैत
काठमाडौँ – केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए । अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशासनले सरसफाइको तयारी थाल्यो । तर यो हप्ता सुरु हुनासाथ अर्को दुईजना बिरामी थपिए । फेरि अर्को दुई जना गर्दागर्दै अहिले नौ जना कोरोनाका बिरामी आइपुगे ।

अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले भन्नुभयो, “अस्पताल पूरै सफा गरेर अन्य बिरामीका लागि खुला गर्नुप¥यो भनेर ठिक्क परेका थियौँ, कोभिडकै बिरामीको चाप फेरि बढ्न थाल्यो ।” पछिल्लो समयमा भर्ना भएका मध्ये बागलुङबाट काठमाडौँ आएका बिरामीमा कोरोना भेटिएपछि सङ्क्रमणको अर्को लहर आउन लागेको आशङ्का भएको डा। राजभण्डारीले बताउनुभयो ।

विदेशबाट आएका व्यक्तिमा सङ्क्रमण देखिनु स्वाभाविक थियो । तर मुुलुकभित्रैबाट आएका व्यक्तिमा पनि भेटिनुले सङ्क्रमणको जोखिम बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार खोप लगाउने, नलगाउने, विदेशबाट आउने सबैले स्वास्थ्य मापदण्ड कायम गर्न पछिल्लो समय लापर्वाही गरेकाले नेपालमा फेरि सङ्क्रमण दोहोरिने सङ्केत देखिएको हो । उहाँले थप्नुभयो, “भारतका १८ वटा राज्यमा ‘डबल म्युटेसन’ कोरोना देखिइसकेको छ, युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ, यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ ।” युरोपेली मुलुकमा देखिएको तेस्रो लहर विगतको भन्दा जटिल देखिएको चिकित्सकको भनाइ छ । यसले ती देशमा मृत्युदर पनि बढाइरहेको छ । ती मुलुकबाट नेपालसहित दक्षिण एसियाली मुलुकमा आवतजावत गर्ने यात्रुले तेस्रो लहरको कडा सङ्क्रमण ओसारिरहेको अनुमान उहाँले गर्नुभयो ।  यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE