Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न हत्तु हैरान किन ?

२४ फागुन
काठमाडौं – संसद पुनर्स्थापनाको माग गरेर आफै संसद बहिष्कार गरेकोप्रति  नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले  प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गर्नु भएको छ ।

उहाँले  प्रचण्ड–नेपाल समूहलाई नयाँ चटक गर्न भन्दै व्यङ्ग्य समेत गर्नु भएको छ । ‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर, सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्रु’ बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बसेको पहिलो बैठक प्रचण्ड–नेपाल समूहले बहिष्कार गर्नु भएको थियो । सोही विषयमा बाँस्कोटाले प्रचण्ड–नेपाल समूहका नेतालाई व्यङ्ग्य गर्नु भएको हो । उहाँले  सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गय भन्दै प्रश्न समेत गर्नु भएको छ ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE