Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वपश्चिम लोकमार्गमा बस र कार ठोक्किँदा एक गम्भीर घाइते

दिनेश सहनी

धनुषा, पौष १७ गते। धनुषाको गोदार चोकबाट करीब एक सय मीटर पूर्वपश्चिमतर्फ लोक मार्गमा गम्भीर सवारी दुर्घटना भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७१७७ नम्बरको कारलाई पश्चिमबाट पूर्व आउँदै गरेको बस न.प्र-०२-०३-००१ख ०३२९ नम्बर प्लेट भएको बस ठक्कर दिएको हो। उक्त कारमा दुईजना सवार थिए। दुर्घटनाका कारण एक जना गम्भीर घाइते भएका छन् भने अर्को यात्रुको अवस्था सामान्य रहेको बताइएको छ।

घाइतेलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ। बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।

दुर्घटना भएको क्षेत्रको सडकको अवस्था, बसको तीव्र गति, र अन्य सम्भावित कारणहरूबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीको भनाइ छ।

WRITE COMMENTS FOR THIS ARTICLE