संकटका बेला आफ्नै पार्टीका नेता गैरजिम्मेवार भए’: प्रधानमन्त्री ओली
श्रावन, २०
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा आफ्नै पार्टीका नेता तथा कार्यकर्ता गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै उनीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो असन्तुष्टि राखेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले लिन नसकेको गुनासो समेत गरे । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति भन्दा व्यक्तिगत स्वार्थका पछाडि कुदेको आरोप समेत लगाए । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्रीले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन हाम्रै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ’–प्रधानमन्त्री ओलीले भने–‘तर पार्टीमा ४ सय ४४ को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो रु के गर्ने हो रु त्यस्तो सोच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ ।’
त्यस्तै संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति पनि विरोध गरेको उनको आरोप छ । ‘देश यस्तो संकटमा भएका बेला सरकारको विरोध गर्ने माध्यमले यता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने रु’–प्रधानमन्त्री ओलीले भने–‘कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन ग¥यो भने किन ग¥यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’
त्यस्तैगरी विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन् । कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्दारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे । साथै, प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE