Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बिना सञ्चालन नेपाली रेलको ‘वारेन्टी’ सकियो

९ आश्विन, काठमाडौं –नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेसनमा त्रिपालले छोपेर थन्काइएको थियो ।

खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताउनुभएको छ । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठीकै देखिन्छ । कानुन अभावमा रेल सञ्चालन हुनसकेको छैन।

कानुन आएपछि प्राविधिक टोली बोलाई रेल सञ्चालनमा ल्याइन्छ,  प्रबन्धक झाले भन्नुभयो । किनेका दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा आउने भने कुनै छाँटकाँट देखिँदैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE