सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द
१४ बैशाख काठमाडौँ – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली अनिश्चितकालसम्मका लागि बन्द गरेको छ ।
कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको विभागले जनाएको छ ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जनाएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE