कोरोनाका कारण माओवादी केन्द्रकी नेतृ घर्तीको निधन
७ जेठ, काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको कोरोनाका कारण मृत्यु भएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।
माडी गाउँपालिका–५ भावाङकी घर्तीको घर्तीगाउँ बजारमा अल्लो व्यवसाय रहेको थियो । कोरोना सङ्क्रमणपछि उहाँलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा रिफर गरिएको थियो । बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत घर्तीको आज बिहान ५ बजे मृत्यु भएको नेकपा ९माओवादी केन्द्र० जिल्ला कमिटी रोल्पाले जनाएको छ ।
रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ यस ३८ रहेको छ । तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४ सय ५० जना होमआइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये ६५ निको भइसकेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE