Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

६ अर्बबराबरको आइपिओ पाइपलाइनमा, हाइड्रोपावर मात्रै १३ कम्पनी

१३ जेठ, काठमाडौँ – १७ वटा कम्पनीका करिब ६ अर्ब रुपैयाँबराबरको आइपिओ पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा १७ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँबराबरका ५ करोड ९६ लाख कित्ता सेयर निष्कासनका लागि अनुुमतिको पर्खाइमा रहेको हो ।

जसमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका १३ कम्पनी रहेका छन् जसमध्ये मध्यभोटेकोसी जलविद्युत् कम्पनीको भने कोभिड–१९ का कारण स्थगित भएको छ । फाइनान्स कम्पनी ३ र ‘अन्य’ १ कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् । हाइड्रोपावर कम्पनीअन्तर्गतको १३ कम्पनीको जम्मा ५ करोड ४५ लाख कित्ता सेयर निष्कासनको पर्खाइमा रहेका छन् । त्यस्तै, फाइनान्सका ३ कम्पनी २७ लाख ६० हजार कित्ता सेयर निष्कासनको पखाईमा रहेका छन् । ‘अन्य’अन्तर्गत डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता सेयर निष्कासनको पर्खाइमा रहेको छ ।

हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता सेयर यसअघि बोर्डमा स्वीकृत भएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाललाई स्थगित गरिएको छ । प्रक्रियामा रहेका साहस ऊर्जा हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, अप्पर सोलुु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, मानुुषी लघुवित्त, दोर्दी खोला रहेका छन् भने बोर्डबाट कागजपत्र मिलाउने प्रक्रियामा रहेको हिमालयन हाइड्रोपावर, देश मिडिया नेटवर्क, बुुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, बलेफी हाइड्रोपावर, ग्रिनभेन्चर रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले भने निषेधाज्ञाभर कुनै पनि कम्पनीको सेयर निष्कासनका लागि बिक्री आह्वानपत्र जारी नगर्ने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले निषेधाज्ञालगत्तै केही कम्पनीको आइपिओ निष्कासन हुने बताए । उनले भने, ‘अहिले हामीले कुनै पनि कम्पनीलाई आवेदन दिएका छैनौँ, आउन लागेका केही कम्पनी पनि रोक्नुपरेकाले अहिले नै कुनै पनि कम्पनीले अनुमतिका लागि बोर्डमा नगएको र बोर्डबाट पनि स्वीकृत नदिएको अवस्था छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE