Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

आकस्मिक रुपमा बस्यो माओवादी केन्द्रको बैठक

७ असार, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ।

भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।

बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले केन्द्रीय सदस्इहरुसँग सुझाव मागिरहेका छन्। सुझावका आधारमा पार्टीको नयाँ प्रतिवेदन लेख्ने उनको तयारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE