Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

चुनाव मितिविरूद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

४ फागुन, काठमाडौँ – सरकारले तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय इजलासले उल्ट्याइदिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भङ्गाहा नगरपालिका(२ का सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले आदेश दिएको छ। सरकारले वैशाख ३० गते तोकेको स्थानीय तहको निर्वाचन मिति तोकेको थियो।

साहले आफ्नो नगरपालिका प्रमुखको पाँच वर्षे कार्यकाल घटाउने गरी सरकारले निर्वाचन मिति घोषणा गरेको भन्दै रिट दर्ता गरेका हुन्। २०७४ असोज ७ गते भङ्गाहा नगरपालिकाका मेयर निर्वाचित भएका थिए।

अहिले वैशाख ३० गते सबै स्थानीय तहको निर्वाचन गर्दा नगर प्रमुखको ५ वर्षे कार्यकालबाट ६ महिना घट्छ।

यसरी कार्यकाल घट्ने गरी निर्वाचन गर्नु संविधानविपरीत भएको भन्दै साहले सर्वोच्चमा रिट दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE