पाटीभित्रको विवादमाथि छलफल गर्न काँग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै
२० कात्तिक
काठमाडौं – नेपालीका काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन् । पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ ।
कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न भोलि केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक बोलाउनुभएको हो ।
क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ । महाधिवेशन नजिकिएका बेला सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन् । तर देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE