प्रतिक्षा शुक्ला बनिन् ‘मिस नेपाल युएस’
१० आश्विन,एजेन्सी – अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गर्नुभएकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिनुभएको हो । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित हुनुभएको छ । त्यसैगरी द्वितीय उपविजेता अलिशा लिम्बु बन्नुभएको छ ।
अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएसको यो समारोह १० औं वार्षिकोत्सव हो । मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको हो । १० वर्षअघि सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस) को ताज पहिरिनुभएको थियो ।

१० औं संस्करणको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरुले सहभागिता जनाएका थिए । अमेरिका–नेपाल सुन्दरी प्रतियोगिता २०२१ को शीर्ष १० मा पुग्ने प्रतियोगीहरु क्रमशः अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु लगायत थुप्रै हुनुहुन्थ्यो ।
कार्यक्रम न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला) मा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी हुनु अगाडि कोभिड–१९ को जाँच गरिएको थियो । प्रतियोगिताका लागि आधिकारिक छाया चित्रकार राजीब श्रेष्ठ हुनुहुन्थ्यो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE